सुनको मूल्य फेरि बढ्यो

  • सोमबार १७ कात्िक २०८३ १२:०० PM
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ।यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार ७ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।