माटोभित्रको जीवन–दर्शन

  • सोमबार १७ कात्िक २०८३ १२:०० PM
गाउँको पुरानो घर पुग्दा वृद्ध किसान खेतको डिलमा बसेर माटो हातमा माडिरहेका थिए। जीवनका धेरै वसन्त र शिशिर देखिसकेका उनका हातमै उमेरका रेखा प्रस्ट देखिन्थे। जीवनको ठूलो हिस्सा उनले त्यही माटोमा बिताएका थिए। त्यही माटोले उनको परिवार पालेको थियो, छोराछोरी हुर्काएको थियो र जीवनका अनेक सुखदुःखमा साथ दिएको थियो।छेउमा उभिएको एक युवकले सोध्यो, ‘बुबा, अहिले यो खेतमा घर बनाएर बेच्ने हो भने धेरै पैसा आउँछ। किन अझै खेती गरेर दुःख गर्नुहुन्छ ? ’ वृद्धले केहीबेर हातमा रहेको माटोतिर हेरे। त्यसपछि शा