मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन

  • सोमबार १७ कात्िक २०८३ १२:०० PM
गोरखा : मुख्य पर्यटनको सिजनका बेला मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन भएको छ। मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१, २, ४ र ५ का दर्जनौं गाउँबस्तीमा गत बिहीबारदेखि मोबाइल तथा फोरजी सेवा ठप्प रहेको त्यहाँका बासिन्दाले बताएका छन्।मोबाइल तथा इन्टरनेट चलाउन नपाउँदा स्थानीयवासी तथा भ्रमणका क्रममा त्यहाँ पुगेका विदेशी पर्यटकलाई समस्या भएको छ। ‘जटिल भौगोलिक अवस्था रहेको हिमाली भेगमा स्थानीयवासी पनि बिरामी वा घाइते हुनसक्छन्, विदेशीहरू पनि बिरामी भएर तत्काल हवाई उद्धार गर