काठमाडौं । आमरण अनशनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलामबाट काठमाडौं ल्याइएको छ । केसीले विभिन्न माग राख्दै बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । अनशनको चौथो दिनमा उनको रगतमा चिनीको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको चिकित्सकले बताएका छन् । यसले गर्दा उनको स्वास्थ्यमा जोखिम