एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर

  • सोमबार १७ कात्िक २०८३ ०५:०१ AM
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजबाट खेल्न अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर काठमाडौं आइपुगेका छन् । वार्नर गएराति काठमाडौं आइपुगेका हुन् । उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप उत्साहित बनेको छ । अस्ट्रेलियाका अनुभवी बायाँहाते ओपनर वार्नर अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी हुन् । उनले अस्ट्रेलियाबाट एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधि समेत जितेका छन् । एनपीएलमा वार्नरको सहभागितालाई नेपाली क्रिकेट समर्थकले चासोका साथ हेरेका छन् । उनको आक्रामक ब्याटिङले प्रतियोगितामा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ । जारी प्रतियोगितामा काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । काठमाडौंले ... The post एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर appeared first on Kalika Khabar.