बर्दिबास : नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको टिप्पणी गरेका हुन्।प्रचण्डले आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेको र बौद्धिक समुदायले सरकारप्रतिको धारणा स्पष्ट पारिसकेको बताए।उनले भने, ‘आम जनताले महसुस गर्न थालिसके। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके। ह