खोटाङ : अस्पताल पुग्न घण्टौंं हिँड्नुपर्ने, गाडी भाडासमेत जुटाउन मुस्किल पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका दुर्गम बस्तीका नागरिकको यो बाध्यता केही कम भएको छ। बिरामी परेपछि अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै गाउँपालिकाले फोन गरेकै भरमा स्वास्थ्यकर्मी र औषधि घरमै पुर्याउने निःशुल्क ‘हेल्लो डाक्टर’ सेवा सञ्चालन गरेको छ।बिरामीको फोन आउनासाथ अहेब सुरेश प्रधान आवश्यक औषधि र स्वास्थ्य सामग्री बोकेर मोटरसाइकलमा घरमै पुग्छन्। बिरामीको अवस्था बुझ्ने, स्वास्थ्य परीक्षण गर्ने र प्र