काठमाडौं : प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण स्थानीय तहबाट आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए।रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबीचको दुरी घटाउनु रहेको स्पष्ट पारेका छन्। ‘संघीय लोकतान्त्रि