१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

  • सोमबार १७ कात्िक २०८३ ०४:२७ AM
दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको थियो ।