नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते सुनसरीको इटहरीमा आयोजना हुने भएको छ। इटहरी रङ्गशालामा हुने कन्सर्टको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ। कन्सर्टको तयारी, व्यवस्थापन, सुरक्षा तथा कार्यक्रम सञ्चालनसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले आयोजकले पत्रकार सम्मेलन आयोजना गरेको हो। पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको प्रवद्र्धनमा हुन लागेको