काठमाडौं। जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यानकुमार थापाको सम्बन्धमा निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बोलाइएको छ। थापालाई आफ्नो नाम फिर्ता लिन सुझाव दिइएको छ। यदि उनले नाम फिर्ता नलिएमा संसदीय सुनुवाइ समितिले उनको सम्बन्धमा आवश्यक निर्णय लिने तयारी गरेको छ। आज बस्ने समितिको बैठकले थापाको राजदूत नियुक्तिसम्बन्धी प्रस्तावबारे थप निर्णय गर्ने अपेक्षा गरिएको छ।