तुलसीपुर : लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ । पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू–उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको असरलाई दृष्टिगत गर्दै बाढी जोखिम न्यूनीकरण र पूर्वाधारको दिगो ‘डिजाइन’का लागि यो अध्ययन सुरु गरिएको हो । सूचना अधिकारी खुमानन्द वलीका अनुसार गएको आर्थिक वर्ष २०८२/८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण तथा अध्ययन कार्य सम्पन्न गरिएको छ । यस अध्ययनले नौमुरे ... The post राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन appeared first on Kalika Khabar.