इरानको नयाँ प्रस्ताव: होर्मुज खोल्न ७ दिने योजना घटाएर २ दिनको बनाइयो

  • सोमबार १७ कात्िक २०८३ १०:०० AM
काठमाडौं : फारसको खाडीमा जारी तनावका बीच इरानले रणनीतिक जलमार्ग 'होर्मुज स्ट्रेट' खोल्नका लागि नयाँ दुई दिने प्रस्ताव अघि सारेको छ। इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीले कतारको मध्यस्थतामा भइरहेको कुराकानीपछि पूर्वप्रस्तावित सात दिने योजनालाई घटाएर दुई दिनमा झारिएको बताएका हुन्।अल जजिरासँग कुरा गर्दै मन्त्री अराघचीले अमेरिकाले पहिलो दिन इरानका पूर्वसर्तहरू (सैन्य कारबाही रोक्ने, नाकाबन्दी हटाउने, तेल प्रतिबन्धमा छुट र रोक्का सम्पत्ति फुकुवा) पूरा गरेमा दोस्रो दिन होर्मुज स्ट्रेट खुला गर