बागलुङमा भाडाको कोठामा बस्ने प्रहरीलाई आफ्नै आवास, बने चार नयाँ भवन

  • सोमबार १७ कात्िक २०८३ ०२:३० AM
जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन । जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चार वटा