गाँजा खेती खुला गर्न सर्वोच्चको परमादेश

  • सोमबार १७ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा बागवानी र औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती तथा उत्पादनको कानुनी व्यवस्था गर्न सरकारलाई परमादेश जारी गरेको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तिलप्रसाद  श्रेष्ठको संयुक्त इजलासले जेठ ४ गते यस्तो फैसला गरेको थियो।फैसलाको पूर्णपाठ भने हालै सार्वजनिक भएको हो। आदेश प्राप्त भएको मितिले तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड तथा कार्यविधि बनाउन परमादेशमा निर्देशन दिइएको छ। लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ले नियम ब