न्यायाधीशमाथिको महाभियोग प्रक्रिया तिहारपछि

  • सोमबार १७ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरू विवादास्पद बिचौलिया इनम सापकोटासँगको सम्पर्क र भेटघाटका कारण विवादमा परेपछि सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सक्रिय छन्। केही दिनयता उनी संविधान र कानुनका विज्ञ, पार्टीका कानुन व्यवसायी पृष्ठभूमिका सांसद तथा सरकारका प्रमुख पदाधिकारीसँग निरन्तर परामर्शमा छन्।भेटघाटको केन्द्रमा लामिछानेका दुई प्रश्न छन्– न्यायालयप्रतिको जनआस्था खस्किरहेका बेला सुधारको प्रक्रिया कसरी अघि बढाउने र आचारसंहिता विपरीत काम गरेको आरोप