काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एकदुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ। मौसम विज्ञान विभागका अनुसार सोमबार देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको