एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

  • सोमबार १७ कात्िक २०८३ ०१:३८ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। काठमाडौँ गोर्खाजको कप्तानी करण केसीले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। काठमाडौँ गोर्खाजमा अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर र भारतीय