काठमाडौं उपत्यकामा २४ घण्टामा ३८७ सवारीसाधनमाथि कारबाही

  • सोमबार १७ कात्िक २०८३ ०१:५४ AM
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८७ सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहान ६ बजेसम्मको अवधिमा उक्त संख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो। कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६५, सीसीटीभीबाट पहिचान भएका ४१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १७ र तीव्र गतिमा सवारी चलाउने १० जना चालक परेका छन्।