एजेन्सी /म्याड्रिड : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा ब्राजिलियन फरवार्ड राफिन्हा र स्पेनिस युवा स्टार लामिन यमलले दुई/दुई गोल गरेका थिए। यस्तै फरमिन लोपेज र इङ्गलिस फरवार्ड एन्थोनी गोर्डनले एक/एक गोल थपेका थिए। अलाभेसका लागि मारियानो डियाजले सान्त्वना गोल फर्काएका थिए।रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी) स