तमिलनाडुका लागि छुट्टै झण्डाको माग, भाजपाको विरोध

  • सोमबार १७ कात्िक २०८३ ०५:०० AM
काठमाडौं : भारतको तमिलनाडु राज्य सरकारका मन्त्री आधव अर्जुनले राज्यका लागि छुट्टै झण्डा बनाउन माग गरेपछि राजनीतिक विवाद चर्किएको छ । मुख्यमन्त्री सी. जोसेफ विजयका निकट मानिने मन्त्री अर्जुनले राज्यको छुट्टै झण्डालाई राष्ट्रिय झण्डासरह मान्यता दिनुपर्ने माग गरेका हुन् ।उनको प्रस्तावप्रति भारतीय जनता पार्टी (भाजपा) ले विरोध जनाएको छ । भाजपाका तमिलनाडुका वरिष्ठ नेता पी. सेल्वमले तमिल पहिचान स्थापित गर्न छुट्टै झण्डाको आवश्यकता नरहेको बताएका छन् ।उनले भारतीय राष्ट्रिय झण्डामुनि तमिल पहिचान कमजो