युक्रेन : रुसले युक्रेनका चार क्षेत्रमा रहेको ऊर्जा पूर्वाधारमा आक्रमण गरेपछि लाखौँ मानिस प्रभावित भएका छन्। रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा सयौँ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।शनिबार राति भएको आक्रमणमा भिनित्सिया क्षेत्रमा १३ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको युक्रेनको राज्य आपत्कालीन सेवाले जनाएको छ।आक्रमणबाट प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न मर्मत कार्य जारी रहेको छ। डिनिप्रोपेत्रोभ्स्क क्षे