भक्तपुर : जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागुऔषध खैरो हेरोइन र ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले आइतबार मध्यपुरथिमि नगरपालिका-२ स्थित दिव्यश्वरी प्लानिङ क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए ।पक्राउ पर्नेमा कपिलवस्तुका वसन्तबहादुर खत्री रहेका छन् । उनको साथबाट ४२ दशमलव ८४ ग्राम खैरो हेरोइन र ट्रामाडोलका १० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।त्यस्तै, दोलखाका प्रदीप केस