जर्मनीमा उग्र बन्यो महँगीविरुद्धको प्रदर्शन, पसल तोडफोड र लुटपाट

  • आइबार​ १६ कात्िक २०८३ ११:०० PM
काठमाडौं : जीवनयापनको बढ्दो लागतविरुद्ध जर्मनीका विभिन्न सहरमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार राति वित्तीय केन्द्र फ्र्यांकफर्टमा प्रदर्शनकारीले पसलहरूमा तोडफोड र लुटपाट गरेका छन्। प्रदर्शनका क्रममा बर्लिन, कोलोन र ह्याम्बर्गमा समेत प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।प्रहरीका अनुसार फ्र्यांकफर्टमा प्रदर्शनकारीले पसलका सिसा फुटाउनुका साथै सामान चोरी गरेका थिए। उनीहरूले प्रहरी र आपत्कालीन सेवाका कर्मचारीमाथि ढुंगा, बोतल, पटका तथा पेट्रोल बम प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरी