काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्रै बनायो। आजको खेलमा हार बेहोर्दा यो पोखराको लगातारपटक पराजित भएको हो। पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बना