पत्रकार धरपकडप्रति इन्सेकको आपत्ति, स्वतन्त्र प्रेसको रक्षा गर्न माग

  • आइबार​ १६ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विभिन्न सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि गरिएको धरपकडको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।आइतबार इन्सेकका अध्यक्ष विजयराज गौतमले विज्ञप्ति जारी गर्दै कार्तिक १३ गते पत्रकार विश्वमणि सुवेदी, शोभराज बराल र धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको र नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरी पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन्। प्रकाशित समाचारको विषयवस्तुलाई लिएर कसैको असहमति भए कानुनी