काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको नवौं खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पावरप्लेमा ५१ रन बनाएको छ। त्रिवी क्रिकेट स्टेडियममा जनकपुरले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको पोखराले पावरप्लेमा २ विकेटको क्षतिमा ५१ रन बनाएको छ। पोखराका दुवै ओपनर सस्तैमा पेभेलियन फर्किए। पोखराले पहिलो विकेटको रुपमा मेहेदी हसनको विकेट गुमायो। उनले ४ बलमा १ चौकासहित ८ रन बनाए। दिनेश खरेल ३ रनमा स्टम्पिङ भए। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल ३४ र शकिब अल हसन १