कांग्रेसले देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लियो : आङ्देम्बे

  • आइबार​ १६ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिएको आरोप लगाएका छन्।आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै नेता आङ्देम्बेले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताजस्ता आधारभूत लोकतान्त्रिक मूल्यप्रति गम्भीर नदेखिएको टिप्पणी गरे। नेता आङ्देम्बेले राज्यका निकायहरूबाट पटक–पटक संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियाको बेवास्ता हुने गरेको बताए। सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त