काठमाडौं : नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहले नेपाल विद्यार्थी संघको अध्यक्षमा सृजना मल्ललाई मनोनीत गरेको छ।नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवशेन तयारी समितिका संयोजक शशांक कोइरालाले नेबि संघको अध्यक्षमा मल्ललाई मनोनीत गरिएको जानकारी दिएका छन्।पार्टीको विधानको धारा ४२(१) बमोजिम विद्यार्थी संघको अध्यक्षमा मल्ललाई मनोनीत गरिएको हो। मल्ललाई आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ।