जनकपुरका तृतराज दासले बनाए अर्धशतक

  • आइबार​ १६ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको नवौं खेलमा जनकपुर बोल्ट्सका ओपनर ब्याटर तृतराज दासले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्का ओपनर तृतराज दासले ४९ बलमा ६ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनले १५.२ ओभरमा १ रन लिँदै ५० रन पूरा गरेका हुन्। एकतर्फबाट विकेट गइरहँदा तृतले क्रिज सम्हाल्दै जनकपुरको इनिङ्स सम्हालेका हुन्। पहिलो विकेटको लागि तृतराजले मोइन अलिसँग ४७ रनको साझेदारी बनाएका थिए