तृतराज दासको अर्धशतकमा जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

  • आइबार​ १६ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको नवौं खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको विजयी लक्ष्य  प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो। जनकपुर बोल्ट्सका लागि ओपनर ब्याटर तृतराज दासले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि अर्का ओपनर मोइन अलिसँग ४७ रनको साझेदारी बनाएका थिए। मोइन