काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ।नेपाल सरकारको आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको मेलामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सहआयोजकका रूपमा रहनेछन्। आयोजकका अनुसार मेला आगामी २०८३ मंसिर १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ। मेलामा स्वदेशी तथा विदेशी उत्पादन, औद्योगिक वस्तु, हस्तकलाका सामग्री तथा विभिन्न व्यावसायिक