फेटा घटना : घाइते बालकलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगियो

  • आइबार​ १६ कात्िक २०८३ ०६:०० PM
सिमरा : बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १४ वर्षीय बालक आदित्य पासवानलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। वीरगन्जस्थित नेशनल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा प्रहरीले चलाएको गोली लागेर पासवान घाइते भएका थिए। उनलाई पछाडिबाट कम्मर छेउमा गोली लागेको थियो। घटनालगत्तै अस्पताल पुर्याइएका उनलाई चिकित्सकले शल्यक्रिया गरी गोली न