कपिलवस्तु : लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिने क्रममा कपिलवस्तुमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण खाजा पसलमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त टोली त्यहाँ पुगेको थियो।प्रहरीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी नायब निरीक्षक सागर भट्टराईले बोकेको पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरिएको प्