पावरप्लेमा जनकपुरको राम्रो सुरुवात

  • आइबार​ १६ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको नवौं खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध पावरप्लेमा ४५ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षतिमा ४५ रन बनाएको छ। ओपनरद्वय मोइन अली २० र तृतराज दास २४ रनमा अविजित खेलिरहेका छन्। पोखराले पावरप्लेमा ४ जना बलर लगाएर पनि विकेट निकाल्न सकेन। पोखराको यो दोस्रो खेल हो। पोखराले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो।&