न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । हालै चर्चामा आएको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङका माध्यमबाट न्याय किनबेच भइरहेको भन्दै गम्भीर आशंका