काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ। अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुने नेपालको प्रतिष्ठित टी–२० क्रिकेट प्रतियोगितामा इनड्राइभले आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा सहकार्य गरेको छ। यस साझेदारीमार्फत इनड्राइभले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्नुका साथै खेलकुद क्षेत्र र युवा पुस्तासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ। यात्रु र चाल