विरेन्द्रनगर : सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत गुराँस गाउँपालिका–४ चिसापानीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कृष्णकुमार आचार्यको उपचारका क्रममा मृत्यु भएको छ।चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ निवासी ५५ वर्षीय आचार्य ट्रकमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका थिए। उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मत्यु भएको अस्पतालले जनाएको छ।