काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न ७ वटा उपसमिति गठन गरेको छ। पार्टीका महामन्त्री एवं ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’का संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले उम्मेदवार छनोट रूपरेखाका विभिन्न पक्षमा निर्णय गरेको हो। बैठकले उम्मेदवार छनोट रूपरेखाको