सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा

  • आइबार​ १६ कात्िक २०८३ १०:२४ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै थापाले सरकारका पछिल्ला निर्णय र घटनाक्रमले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यताविपरीतका गतिविधिविरुद्ध कांग्रेस