काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेर पोखराले जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । पोखरा आज प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।