नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले पछिल्लो समय सरकारले गरेका केही निर्णय र देशमा भएका घटनाले गम्भीर प्रश्न जन्माएको बताए । उनले सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य