काठमाडौं : अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु गरिएको छ।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ स्थित गिम्दीबेँसीमा आइतबार बिहानैदेखि डोजरको सहायताले पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। वर्षा रोकिएपछि सडकमा थुप्रिएको पहिरो र लेदो हटाउन थालिएको हो। पहिरो पन्छाउने कार्य जारी रहे पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ।शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण काठमाडौँ आउजाउ गर्ने बीपी राजम