काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहले शुक्रबार केही पत्रकारलाई पक्राउ र केहीलाई पक्रन सञ्चार माध्यमको समाचार कक्षमै प्रहरी पसेको विषयमा नयाँ खुलासा गरेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा शनिबार उनले घटनामा प्रधानमन्त्री र प्रधानमन्त्रीको टिमका कोही सदस्यको संलग्नता नरहेको दाबी गरे । तर, गृहमन्त्री सुधन गुरुङलाई