एजेन्सी– भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै विपक्षी दलहरूले आइतबार नयाँदिल्लीमा प्रदर्शन गरेका छन्। ‘इन्डिया’ गठबन्धनको आह्वानमा भएको प्रदर्शनमा हजारौँ सहभागी भएका थिए। कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा भएको प्रदर्शनमा मतदाता नामावली पुनरावलोकन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै भारतीय लोकतन्त्रको रक्षा गर्न माग गरिएको थियो। विपक्षी दलहरूले पुनरावलोकनका क्रममा ठूलो संख्यामा मतदाताको नाम हटाइएको भन्दै