बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत अवस्थामा फेला परेका हुन् । उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार युवकको खोजीका लागि आज सदरमुकाम मार्तडीबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन