भारी हिमपातले डोल्पाको दानीगढमा ६ भारतीय पर्यटक अलपत्र, उद्धारका लागि सेनाको हेलिकोप्टर परिचालन

  • आइबार​ १६ कात्िक २०८३ ०९:४९ AM
कर्णाली । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा अलपत्र परेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । शे–फोक्सुण्डो तालको अवलोकन भ्रमण सकेर माथिल्लो डोल्पातर्फ गएका उनीहरू केही दिनदेखि परेको भारी हिमपातका कारण दानीगढमा फसेका हुन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार अलपत्र पर्नेमा मोमिता