धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने भएको छ।जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार आगामी सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) अन्तर्गत निर्माण कार्य गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी सञ्चालनमा रोक लगाउन लागिएको हो।प्रशासनले उक्त समयमा यात्रा गर्ने यात्रु