विराटनगरमा शंकास्पद वस्तु विस्फोट

  • आइबार​ १६ कात्िक २०८३ ०३:०० PM
विराटनगर :  विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा आइतबार बिहान फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको हो ।प्रहरीका अनुसार बिहान करिब ११ : ३० बजे भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन् ।विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।घटनाबारे जानकारी पाएलग