काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता नेपाल आएका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्माता नेपाल आएका हुन् । उनीहरूले नेपालका प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, हिमाल, साहसिक पर्यटन र स्थानीय जीवनशैली समेटिएका भिडियो बनाउनेछन् ।